
काठमाडौँ । प्रहरीले काठमाडौँको टोखा नगरपालिका–३ मा दुई जना लागूऔषधका अभियुक्तलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार मंगलबार दिउँसो ३ बजे सो घटनामा ४० वर्षीय ससिक आलम र २२ वर्षीय मोहम्मद मन्जुर आलम घाइते भएका छन्।
प्रवक्ता शाहीका अनुसार सो क्षेत्रमा लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा सादा पोशाकका प्रहरी टोली सोधपुछका लागि पुगेको थियो। सो क्रममा अभियुक्तले प्रहरीमाथि रड प्रहार गर्ने प्रयास गरेका थिए। आक्रमण भएपछि प्रहरीले गोली चलाएर अभियुक्तलाई नियन्त्रणमा लिएको हो।
उहाँले भन्नुभयो, “टोखा नगरपालिका वडा नम्बर ३ मा लागू औषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी टोली सादा पोशाकमा हाम्रो ब्यूरोको टोली गयो। नियन्त्रणका लागि सोधपुछ गर्दा, तिमहरु लागू औषध कारोबारी हो भनेर प्रहरीले आफ्नो कारवाही सुरु गर्यो। त्यसपछि उनीहरुले फलामको रड लिएर दुई जना प्रहरीलाई आक्रमण गरे।”
उहाँका अनुसार दुई जना अभियुक्त भारतीय नागरिक रहेको र उनीहरुको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह