
काठमाडौँ । राष्ट्रियसभा निर्वाचन र पार्टी महाधिवेशनबारे छलफल तथा निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा भइरहेको छ ।
आजको सचिवालय बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ । सत्ता गठबन्धन टिकाउन निर्णायक भूमिका खेल्दै आएको एकीकृत समाजवादीले आउँदो माघ १४ देखि १८ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरेको थियो । तर माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुने भएपछि महाअधिवेशन सार्नुपर्ने अवस्था आएको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो । प्रचार विभाग प्रमुख खतिवडाका अनुसार आजको बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने छ ,।
बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनसहित आन्तरिक विवाद समाधानलगायतकाविषयमा समेत छलफल हुने नेता खतिवडाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह