विचार

लोकतन्त्र दिवसको सान्दर्भिकता

एकराज पाठक
काठमाडौँ ।
  आज १८औँ लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्यसअघि विगठित संसद्को पुनःस्थापना गरी ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ र आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेको विसं २०६१ वैशाख ११ गतेको स्मरण गर्दै लोकतन्त्र दिवस मनाइन्छ । यसरी नेपालमा लोकतन्त्र स्थापना भएको आज १७ वर्ष पूरा भएको छ । देशभर १८औँ लोकतन्त्र दिवस मनाइँदै छ ।